एक्यान र हिमालयन एभरेष्ट इन्स्योरेन्सबीच सम्झौता, एक्यान सदस्यलाई फाइदै फाइदा !



काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) र हिमालयन एभरेष्ट इन्स्योरेन्सबीच सम्झौता भएको छ । एक्यानले आफ्ना आजीवन तथा सक्रिय सदस्यहरुका लागि २ लाख ५० हजार रुपैयाँसम्म (१ लाखसम्मको दुर्घटना चिकित्सा कभरेज)को सामूहिक व्यक्तिगत दुर्घटना कभरेजमा समेट्ने गरी सम्झौता गरेको हो ।

हिमालयन एभरेष्ट इन्स्योरेन्ससँगको उक्त सम्झौता सन् २०२४ जुन १४ (२०८१ जेठ ३२) गतदेखि लागू हुने एक्यानले जनाएको छ ।

उक्त सम्झौताको उद्देश्य प्रत्याशित घटनाहरुको समयमा एक्यान सदस्यहरुलाई व्यापक कभरेज र समर्थन प्रदान गर्नु रहेको एक्यानले जनाएको छ । त्यस्तै, एक्यानले हिमालयन एभेरेस्ट इन्स्योरेन्स लिमिटेडसँग वार्षिक १० लाख रुपैयाँसम्मको वित्तीय सहायता सम्झौता गरेको छ । एक्यानका अनुसार उक्त सम्झौता दुई वर्षसम्मका लागि लागू हुनेछ ।

यो साझेदारीले एक्यानका सदस्यहरुको हित, सुरक्षा र दिगो पहलको रक्षा गर्नेमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)ले विश्वास व्यक्त गरेको छ ।