आइक्यानको चुनाव: सबै तयारी पूरा



काठमाडौँ । आइक्यानको काउन्सिल चुनावको सबै तयारी सकिएको छ । आइक्यानको निर्वाचन अधिकृतको कार्यालयले सबै तयारी पूरा भएको जानकारी दिएको हो ।

जेठ २५ गते शुक्रबार चुनाव सम्पन्न हुँदैछ । दर्तावाला लेखापरिक्षकतर्फ ४ जनाका लागि र सिएतर्फ १० जनाका लागि निर्वाचन हुँदैछ । निर्वाचनका लागि काठमाडौँस्थित स्काई दरबार बैङ्कोइट मतदानस्थल तोकिएको छ ।

मतदानस्थलमा आवश्यक सुरक्षाको प्रबन्ध मिलाइएको छ भने फर्जी मत खस्न नदिन आवश्यक तयारी गरिएको छ । यसअघि एक्यानको चुनावमा फर्जी मत खसेको भन्दै अहिलेको कार्यकारी समिति विवादित छ ।

आइक्यानको निर्वाचनमा मतदान गर्न आइक्यानद्वारा जारी भएको परिचय खुल्ने कागजात आवश्यक पर्ने बताइएको छ ।