एक्यानको नवनिर्वाचित कार्यसमितिको पहिलो कार्यक्रम नै भव्य, आर्थिक विधेयक २०८१ मा गहन छलफल…(फोटो कथा)

  • सिए सरोकार सम्बाददाता

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)ले नवनिर्वाचित कार्यसमितिको पहिलो कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । एक्यानले जेठ २१ गते (सोमबार) ललितपुरको होटल हिमालयमा आर्थिक विधेयक २०८१ को प्रभावबारे विशेष बहस कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको हो । 

सो कार्यक्रममा सिए सुदर्शन राज पाण्डे, सिए प्रविण राज काफ्ले, सिए निकिता अग्रवाल, सिए शेषमणि दाहाल र अभिवक्ता महेश कुमार थापाबीचमा प्यानल डिस्कसन भएको थियो । त्यस्तै, डिस्कसनका क्रममा उनीहरुले आर्थिक विधेयक २०८१ र त्यसको प्रभावका बारेमा गहन छलफल तथा विमर्श गरेका थिए ।

यता कार्यक्रममा सहभागिहरुले पनि छलफलमा उत्साहजनक सहभागिता जनाएका थिए । उक्त कार्यक्रम सिए सरोकार, अर्थ सरोकार र संघको आधिकारिक फेसबुक पेजमार्फत लाइभ गरिएको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्: