आइक्यानको चुनावको 'लाष्ट आओर' अपडेट : देवकोटा र पाण्डेयको भोट सबैभन्दा बढी खोसिँदै !



काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आइक्यान)को चुनाव शुक्रबार सम्पन्न हुँदैछ । काठमाडौँस्थित स्काई दरबार बैङ्कोइटमा सो चुनाव सम्पन्न हुन लागेको हो । चुनावमा उठेका १२ जनामध्ये १० जना आइक्यानको अवको पार्षदको रुपमा आइक्यान जानेछन् । तर पछिल्लो समय, 'फलानोले त जितिहाल्छ, तपाईंको भोट मलाई दिनुपर्यो' भनेर भोट खोस्नेहरु बढेका छन् ।

यसरी सबैभन्दा बढी भोट सुनिल देवकोटाको खोसिएको छ । भाष्कर सिंह लाला प्रस्तावक भएकाले सुदूरपश्चिमबाट अत्याधिक भोट आएको हल्ला फिजाएर देवकोटाको भोट बढी खोसिएको छ । जवकि सुदूरपश्चिमबाट आउनुपर्नेजति भोट देवकोटालाई आउने देखिंदैन । तर सुदूरका लाला नै प्रस्तावक बसेकाले सुदूरका सबै भोट आएको, देवकोटाको जित निश्चित भईसकेको भन्दै उनको भोट तान्ने क्रम जारी छ ।

यता देवकोटापछि सबैभन्दा बढी भोट उमेश राज पाण्डेयको खोसिएको छ । 'जताततै उमेशकै माहोल छ, उसले जितिहाल्छ, मलाई गाह्रो भयो' भन्दै दुई उम्मेदवारहरु अहिले पाण्डेयको भोट खोसिरहेका छन् । निकै मेहेनत गरेपनि पाण्डेयको जित आसा गरिएजस्तो सहज देखिने स्थिति छैन ।

ह्वात्तै बढ्यो सिलवालको भोट, सबैभन्दा बढी मत सारुको !
यता हरि सिलवालले चुनावमा भोट ह्वात्तै बढाएका छन् । केहि समय अगाडी माहोल बिग्रिएका सिलवालले गरेको मेहनतका कारण उनको भोट ह्वात्तै बढेको छ । यता निल सारुले सबैभन्दा राम्रो मत बटुलेको आंकलन गरिएको छ । पोष्टलमा सारुकै सबैभन्दा बढी मत छ ।

यसपालीको चुनावमा २ नम्बर भोटले पनि खास मान राख्ने हुनाले पनि २ नम्बरको भोटका लागि उम्मेदवारहरु लागि परेका छन् ।