आईक्यानद्वारा बजेटमाथि अन्तरक्रिया कार्यक्रम सम्पन्न (फोटो-कथा)

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ९आईक्यान० को आयोजनामा बजेटबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार काठमाडौँको नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा आर्थिक वर्ष २०८१/८२ संघीय बजेटमाथि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा आईक्यानका अध्यक्ष सुजन कुमार काफ्लेले स्वागत मन्तव्य राखेका थिए भने डा।विश्वास गौचनले संघीय बजेट २०८१/८२ मा आफ्नो पेपर प्रिजेन्टेसन दिएका थिए ।

त्यस्तै, प्यानल डिस्कसनमा सिए सुदर्शन राज पाण्डे, अर्थविद् विश्वास गौचन, नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधि, नेपाल उद्योग परिसंघ ९सिएनआई०का प्रतिनिधिको सहभागिता रहेको थियो ।

चार्टर्ड एकाउन्टेन्ट्सहरुको सहभागिता रहेको उक्त कार्यक्रममा बजेटको सकारात्मक पक्ष, सुधार गर्नुपर्ने पक्ष, बजेटले पार्ने प्रभाव र बजेटमा छुटेका विषयका बारेमा छलफल गरिएको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः