खस्केकै हो त सिएको 'क्रेज' ? हेल्लो आइक्यान ! बैंकहरुले त अति गर्न थाले, केहि कदम चाल्ने कि ?


काठमाडौँ- नेपालका विभिन्न बैंकहरुले मेनेजमेन्ट ट्रेनी पदमा समेत सिए / एसीसीए माग्न थालेका छन् । यसैबीच ग्लोबल आइएमइ बैंकले समेत मेनेजमेन्ट ट्रेनी पदमा सिए / एसीसीए मागेको छ । सिएहरुलाई अफिसरभन्दा तल्लो तहमा राख्न नहुने कुरा उठिरहेका बेला बैंकले जारी गरेको यस्तो सुचनाले धेरै सिएहरुलाई दुखी तुल्याएको छ ।

यसो त विभिन्न बैंकमा सिएहरु यसरी तल्लो तहमा काम गरिरहेका छन् । फर्ममा काम गर्न मन नलाग्नु र बैंकमा तल्लो तहमै काम गर्नुपर्ने वाध्यताका कारण सिएहरु तल्लो तहमा काम गरिरहेका छन् । सिएको क्रेज र 'आउटपुट' दुवै पहिलेजस्तो नभएको भन्ने विषयमा समेत बहस चलिरहेका बेला यसरी विभिन्न बैंकले जारी गरेका भ्याकेन्सीहरुले खास अर्थ राख्ने कुरामा कुनै शंका छैन ।

यसो त भ्याकेन्सी निकाल्नेहरुले निकाले भन्दैमा आफ्नो सर्टिफिकेटको इज्जत नै नरहने गरी आवेदन दिनुसमेत गलत भएको सरोकारवालाहरुको भनाइ छ । 'ग्लोबल आइएमइ बैंकले जे गरेको छ, त्यो सरासर गलत हो । तर त्यो काम गलत हो भन्न सिएहरुले नै सक्नुपर्छ । यस्तै हो भने कुन दिन ट्रेलरमा समेत सिए नामाग्लान् भन्न सकिन्न ।' एक बैंकको उच्च तहमा काम गरिरहेका एक सिएले सिए सरोकारसँग भने । 

यसो त यसअघि नेपाल बंगलादेश बैंकले यस्तै भ्याकेन्सी निकाल्दा त्यसको ठुलै विरोध भएको थियो । यद्यपी ग्लोबल आइएमइ बैंकले यस्तो सुचना निकाल्दासमेत आइक्यान चुप लागेर बसेको छ ।