लेखा व्यवसायीहरुको तेस्रो राष्ट्रिय सम्मेलन सुरु…(फोटो-कथा)


  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । काठमाडौँमा लेखा व्यवसायीहरुको तेस्रो राष्ट्रिय लेखा व्यवसायी सम्मेलन सुरु भएको छ । बिहीबार कमदालीस्थित प्रज्ञा प्रतिष्ठानमा एक समारोहकाबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सम्मेलनको उद्घाटन गरेका हुन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) को आयोजनामा सुरु भएको उक्त सम्मेलन दुई दिन (बैशाख ६ र ७ गते) चल्नेछ ।

सम्मेलनको पहिलो दिन लेखा व्यवसायको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेशन अफ एकाउन्टेन्ट्स (आइएफएसी) का अध्यक्ष आस्मा रेसमौकी प्रमुख वक्ता रहेकी थिइन् । सम्मेलनको उद्घाटन सत्रमा नेपाल राष्ट्र बैंकका गभर्नर सिए महाप्रसाद अधिकारीको पनि उपस्थिति रहेको थियो । सम्मेलनमा नेपालको लेखा प्रणालीमा भएको विकास, अन्तर्राष्ट्रिय अभ्यास र आगामी दिनमा गर्नुपर्ने सुधारसहितका विषयमा प्रस्तुतीकरण तथा गहन छलफल हुनेछ ।

त्यस्तै, सम्मेलनको दोस्रो दिन (शुक्रबार) साना तथा मझौला व्यवसायको दिगो व्यावसायिक रणनीति, सहकार्य सहितको नियमन, व्यवसायिक सेवाको दक्षता अभिवृद्धि विषयमा छलफल सत्र रहनेछ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः






























http://