'आइक्यानको कन्भोकेसनमा सिएहरुको बेइज्जत गरियो, अध्यक्ष 'हिरो' पल्टिएपछी समारोह 'राजनीतिक' बन्यो'

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ - नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपाल चार्टड एकाउन्टेट्स संस्थाले दिक्षान्त समारोह आयोजना गर्यो । भर्खर पास भएका सिएहरु उत्साहित हुँदै कार्यक्रममा पुगे भने पूराना सिएहरु पनि आइक्यानको सराहनीय काम भन्दै समारोहमा पुगे । तर समारोहमा आइक्यानले गरेको तल्लो स्तरको व्यवहारले कार्यक्रम खल्लोमात्र भएन, केहि सिएहरु रिसले 'चुर' पनि भए । तर 'प्रोफेसनल' भएकाले त्यत्रो कार्यक्रममा झगडा गर्ने कुरा पनि भएन । तर आइक्यानले गरेको हेपाहा व्यवहार र सिएहरुको बेइज्जतका कारण सिएहरु अमिलो मन बनाएर फर्किए । 

सिएहरुलाई दिक्षान्तनै गरिएन 
दिक्षान्त समारोह सिएहरुका लागि थियो । राष्ट्रप्रमुखका हैसियतले आएकी राष्ट्रपतिले उपस्थित सिएहरुलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम थियो । स्रोतका अनुसार राष्ट्रपति कार्यालयमा पनि त्यहि जानकारी पुर्याईएको थियो भने सिएहरुलाई पनि त्यहि जानकारी दिइएको थियो । 

तर कार्यक्रममा संथाका अध्यक्ष महेश खनाल 'भिलेन' सावित भए । 'उपस्थित सबै सिएहरुलाई प्रमाणपत्र दिने कार्यक्रमका साथ आएकी राष्ट्रपतिलाई आइक्यानका अध्यक्ष महेश खनालले 'सबैलाई गर्दा समय लाग्ने भो, ३ जनालाई गरौँ' भनेपछि राष्ट्रपतिले हुन्छ भनिन् । नभनुन् पनि कसरी, संस्थाका अध्यक्षले भनेको आफुलाई केहि थाहा नभएको विषय । त्यसपछि तीन जनालाई दिक्षान्त गरियो । सुरेश देवकोटा, भवनाथ दाहाल, र उमेश ढकाल' स्रोतले सिए सरोकारसंग भन्यो ।


कन्भोकेसन सिए उतिर्ण भएकाहरुका लागि कि आइक्यानका पार्षदहरुका लागि ?
अझ दु:ख त उपस्थित सिएहरुलाई त्यो बेला लाग्यो जव तीन सिएहरुलाई सिए नभई पार्षद भनी सम्बोधन गरी दिक्षान्त गरियो । पालैपालो भवनाथ दाहाल, पार्सद आइक्यान, सुरेश देवकोटा, पार्सद, आइक्यान, र उमेश ढकाल, पार्सद आइक्यान भनेर बोलाइयो र उनीहरुलाई दिक्षान्त गरियो । 'पार्षदकै हैसियतले दिक्षान्त हुने भए, विद्यार्थी  किन बोलाएको ? भवनाथ दाहाललाइ नेपालको पहिलो सिए भनेर किन सम्बोधन गरिएन ? किन पार्षदको बिल्ला भिराइयो । उमेश ढकाल पार्सद हुँदा उनी सिए थिएनन् । सुरेश देवकोटाको आफ्नै योगदान होला तर उनी पार्षद भन्दा पहिला सिए हुन्, नेपालको सिए । यो परिचय लुकाइयो । यो सबै नियोजित रुपमा महेश खनालले गरेका थिए ।' एक सिएले आक्रोशित हुँदै सिए सरोकार डटकमसंग भने ।   भिडियोमा दिक्षान्त हुनेहरुलाई बोलाउँदा सिए भन्दापनि पूर्व पार्षद वा पार्षद भनिएको स्पष्ट सुनिन्छ । 


'सबैलाई राष्ट्रपतिको हातबाट प्रमाणपत्र दिने भनिएर बोलाइयो, तर सिटमा सर्टिफिकेट वितरण गरियो । अधिकांस सिएहरु आफ्नो बेइज्जत भएको भन्दै घर फर्किए । आइक्यानको कन्भोकेसनमा सिएहरुको बेइज्जत गरियो, अध्यक्ष 'हिरो' पल्टिएपछी समारोह 'राजनीतिक' बन्यो' घर फर्कन लागेको र आफु गाडीमा रहेको बताउने एक सिएले दुखी हुँदै सिए सरोकारलाइ बताए ।