आइक्यानको 'कन्भोकेसन' पछी ३ सिएका ८ प्रश्न, 'यति तल्लो स्तरको व्यवहार प्रस्तुत हुन्छ भन्ने लागेको थिएन'

  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ - आइक्यानले गरेको 'कन्भोकेसन'मा अधिकांस सिएले दुखेसो पोखेका छन् । कतिपय सिएले आफ्नो बेइज्जत भएको बताएका छन् भने कतिपयले आइक्यानले आफ्ना उत्पादनहरुलाई तल्लोस्तरको प्रतिक्रिया दिएको बताएका छन् । यसैबीच कन्भोकेसनपछी सिए सरोकार डटकमका पत्रकारसँग कुराकानी गर्दै ३सिएहरुले ८प्रश्न राखेका छन् । तपाईं पनि पढ्नुहोस्, कुन कुन तपाईंलाइ पनि सहि लागे, आफैं मनन गर्नुहोस्:

१. कार्यक्रम सिए उतीर्ण आफ्ना 'प्रोडक्ट'हरुलाई थियो कि आइक्यानका पार्षद्हरुलाई ? दिक्षान्त पार्षदहरुलाई 'पार्षद' नै भनेर बोलाएर पो गरियो त ! आखिर किन ?

२. यदी सिटमा ल्याएर सर्टिफिकेट बाड्नु थियो भने किन पहिला नै नभनेको ? सबैलाई राष्ट्रपतिले दिने भनेर किन झुक्याईएको ? हामी ललि-पप खुवाएर फकाउने केटाकेटी हौँ र ?

३. दिक्षान्त भएका तीन सिएहरुलाई सबैको प्रतिनिधि भनेर दिक्षान्त गरियो । हाम्रो प्रतिनिधि छान्ने हैसियत हाम्रो हो कि अरुको हो ? यस विषयमा हामीसँग सल्लाह किन गरिएन ?

४. भवनाथ दाहाल पहिलो सिए भन्ने चर्चा गर्नुको साटो, पार्षद् भनेर किन दिक्षान्त गरियो । भवनाथ दाहाललाइ सम्पूर्ण सिएहरुले दिने इज्जतको किन धज्जी उडाइयो ?

५. उमेश ढकालको नाम थिएन, र पछी महेश खनाललाइ ढकालले थर्काएपछी नाम राखियो भन्ने सुनिएको छ । २०१० भन्दा पहिला पास गरेका सिएहरु थिए । के आधारमा उनको नाम आयो ?

६. हामीले अरुको पनि दिक्षान्त समारोह हेरेका छौं । राष्ट्रपति तयार थिइन् भन्ने कुरा आएको थियो । महेश खनालले भिलेन खेले । किन ? उनलाई कार्यक्रम छिटो सकेर के गर्नु थियो ?

७.कन्भोकेसनको अर्थ के हो ? पास भएका सिएहरुको इज्जत हुन्छ, एकपटक भए पनि बेइज्जत गर्नुपर्छ भन्ने हो ? अधिकांस सिएले आफ्नै इन्स्टिच्युटका अध्यक्षलाइ सरापेर हिंडेको पीडा कसले बुझ्यो ?

८. सबैलाई प्रमाणपत्र दिन के को महाभारत थियो ? सबैले राष्ट्रपतिको हातबाट प्रमाणपत्र पाए आफु सानो हुने डर थियो कि क्या हो अध्यक्षज्यूलाई ? यस्तो तल्लो स्तरको व्यवहार प्रस्तुत हुन्छ भन्ने थाहा पाएको भए दिक्षान्त हुन भनेर कोहि आउने थिएनन् होला । समय र पैसाको बर्वादी मात्र किन गराइयो ?