आइक्यानले गर्न लागेको निर्णयमा 'राजनीतिक प्रेसर' ! दर्जनौं नेताले फोन गरे आइक्यानका अध्यक्षलाई ! आज निर्णय नहुने सम्भावना बढ्यो !

  • सिए सरोकार सम्बाददाता 

आइक्यानले आइसीएआइलाइ दिंदै आएको मान्यता खारेजी विषयमा आज निर्णय हुने खबर सार्वजनिक भएपछि विभिन्न विद्यार्थी नेताको 'प्रेसर' मा आइक्यानका अध्यक्ष महेश खनाल र आइक्यानका अन्य काउन्सिल सदस्यहरुलाईपनि विभिन्न नेताहरुले फोन गरेका छन् ।

स्रोतका अनुसार आइक्यानका अध्यक्ष महेश खनाललाइ आखिल क्रान्तिकारीका नेताहरुले फोन गरी विद्यार्थीलाइ असर गर्ने कुनैपनि खालको निर्णय भए राम्रो नहुने चेतावनी दिएका छन् । यस्तै अर्थ मन्त्रालयबाट समेत उनलाई फोन गएको छ । 'आइक्यानको काउन्सिल सदस्य रहेका सरकारी प्रतिनिधिहरुलाई समेत फोन गरी विभिन्न नेताहरुले विभिन्न खालका चेतावनी दिन थालेका छन् ।' स्रोतले भन्यो ।

यसरी विभिन्न ठाउँबाट प्रेसर आउन थालेपछि आज उक्त निर्णय नगर्ने र केहि समयपछि बस्ने काउन्सिल बैठक बसी यसलाइ टुंग्याउने भन्ने बारेपनि आइक्यानका कौनिस्ल सदस्यहरुबीच छलफल भइरहेको छ भने केहि काउन्सिल सदस्य भने कुनैपनि हालतमा आज नै यो निर्णय हुनुपर्ने बताईरहेका छन् ।

'अत्याधिक प्रेसर आएको छ । अध्यक्षदेखि हामीलाई सम्म । त्यसैले आज निर्णय नहुने सम्भावनापनि बढेको छ। ' एक काउन्सिल सदस्यले भने ।