भारतीय बोर्डका पूराना विद्यार्थी र सिएहरुलाई 'नो टेन्सन!' आउँदो जुन १ तारिखपछी भर्ना हुने विद्यार्थीलाई, 'नो इन्ट्री' !


काठमाडौँ - आइक्यानले आउँदो जुन १ तारिखदेखि आइसिएआइमा भर्ना हुनेहरुलाई नेपालको सदस्यता लिन नमिल्ने गरी आज निर्णय गर्ने भएको छ । आज बस्ने काउन्सिल बैठकले यस्तो निर्णय गरेको हो । आइक्यानका एक काउन्सिल सदस्यले दिएको जानकारी अनुसार आउँदो १ तारिखदेखि आइसीएआइमा भर्ना हुने विद्यार्थीहरुले आइक्यानको सदस्यता पाउने छैनन् भने पूराना सिए तथा सिए विद्यार्थीहरुले भने कुनैपनि समयमा नेपालको सदस्यता परिक्षा दिन पाउनेछन् । 

यद्यपी आउँदो जुन १ तारिखदेखि आइसीएआइमा भर्ना हुनेले पनि आइक्यानको सदस्यता नपाउने भएका छन् । उनले भने, 'यो समयावधि अझै बढाउने विषयमा भरे छलफल हुनेछ । ६ महिनासम्म पछाडी दर्ता गर्ने विद्यार्थीलाई छुट दिने कि भन्ने कुरा छ । हेर्दै जाउँ, भरे के निर्णय हुन्छ ।'