तलव नबढेको भन्दै आइक्यानका कर्मचारी आन्दोलनमा, शनिबारको हल परिक्षा स्थगित !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ - आइक्यानको कार्यकारी समितिबाट निर्णय भइसकेको कुरा काउन्सिलले अटेरी गरी आफ्नो तलव नबढाएको भन्दै आइक्यानका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलनको कार्यक्रम अन्तर्गत आजका मितिबाट आइक्यानको सम्पूर्ण काम ठप्प गरिएको आइक्यानमा रहेका कर्मचारीहरुको संगठन आइक्यान ईयुका अध्यक्ष सनोज भट्टराइले सिए सरोकारलाई जानकारी दिएका छन् ।

'विद्यार्थीको हल परिक्षा रोक्नु हाम्रो चाहाना होइन, वाध्यता हो । हामी माथि ज्यादती भएको छ ।' उनले भने । यता आइक्यानका कर्मचारी संगठनका पूर्वअध्यक्ष समेत रहेका माधव कक्षपतिले आइक्यानका काउन्सिल सदस्यले 'अति' गरेपछि आफुहरु यस्तो निर्णयमा पुगेको बताएका छन् । 'अव सबै काम ठप्प हुन्छ । हाम्रो माग पूरा नभएसम्म आइक्यानमा कुनै काम हुँदैन । काउन्सिल सदस्यहरु पिसाव फेर्ने बाहाना गर्दै एक एक गरी बाहिर निस्केर हामी माथि धोका भएको छ ।' उनले भने । उनले भोलि हल परिक्षा नहुने र यसको जानकारी सम्बन्धित सबैलाई गराईसकिएको बताएका छन् । 

यस विषयमा आइक्यान अध्यक्षले भने मिलाएर अघि बढ्नेबारे छलफल काउन्सिलमा भएको बताएका छन् । 'कर्मचारीका माग बारे छलफल भएको छ । केहि कुरा अझै टुंग्याउन बाँकी छ ।' उनले भने ।