सीसीएको आयोजनामा 'फुट्सल मीट' आयोजना, दशैंको मुखमा यसरी झुमे एसीसीए विद्यार्थी र सदस्य !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- सीसीए स्कुल अफ एकाउन्टेन्सीको आयोजना र एसीसीए नेपालको संयोजनमा काठमाडौँमा सोमबारदेखि एसीसीए पढ्ने विद्यार्थीहरुका विभिन्न समूह बनाएर फुट्सल कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रममा विभिन्न कोचीङ सेन्टरहरुमा एसीसीएको कक्षा लिईरहेका, एसीसीए एफिलिएट र एसीसीएका सदस्यहरुसमेतको उपस्थिति छ । एसीसीए अध्ययन गरिरहेका विद्यार्थीबीच भएको यस्तो फुट्सल प्रतियोगिता संभवत: यो पहिलो पटक हो ।


विद्यार्थीहरुको उतासहनक सहभागीता, आयोजकको उत्कृष्ट व्यवस्थापन 
सीसीए स्कुल अफ एकाउन्टेन्सीले आयोजना गरेको उक्त कार्यक्रममा एसीसीए विद्यार्थीहरुको उल्लेखनीय सहभागीता थियो । नेपालका लागि एसीसीएको 'अप्रुभ्ड लर्निंङ पार्टनर' एनसीए, सीसीए, र दी ब्रिटिश कलेजमा अध्ययन गरिरहेका विद्यार्थीहरुले कार्यक्रममा उल्लेखनीय सहभागीता जनाएका छन् ।


'नेपालमा पहिलोपटक यसरी एसीसीए विद्यार्थीहरुलाई लक्षित गर्दै फुट्सल कार्यक्रमको आयोजना गरिएको छ ।' कार्यक्रमका संयोजक आशिष गिरीले भने, 'एसीसीए विद्यार्थीहरुका लागि यो एकले अर्कोलाई चिन्ने अवसर पनि हो । विभिन्न कलेजमा अध्ययन गरिरहेका विद्यार्थीहरुबीच भाइचारा बढाउने मौका पनि हो ।' उनका अनुसार एसीसीएको पढाइका बीचमा हुने यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुलाई नयाँ उर्जा दिने भएकाले यसखाले कार्यक्रम आयोजना गरिएको हो । सुरुवाती चरण भएकाले केहि सामान्य कमजोरी बाहेक आयोजकको व्यवस्थापनसमेत उत्कृष्ट देखिएको छ। 

'गोल' भित्रको रमाइलोसँगै सुरु भयो दशैं उत्साह
यता विभिन्न विद्यार्थीका विभिन्न समूह बनाएर गरिएको उक्त कार्यक्रममा खेल्नेलाई मात्र होइन हेर्नेले पनि रमाइलो लिईरहेका छन् । आ- आफ्ना समूहको समर्थनमा सहभागी खेलाडीहरुलाई हौसला बढाउन समेत विद्यार्थीहरु उपस्थित भएका छन् । कार्यक्रममा विद्यार्थीका अलावा एसीसीए अध्ययापन गराउने शिक्षकहरुको समेत मैत्रीपूर्ण खेल खेलाईएको थियो । दशैंको मुखमा आयोजना भएको यस्तो कार्यक्रमले एसीसीए विद्यार्थीहरुका लागि दशैंको नौलो सुरुवात भएको छ । कार्यक्रमको मौका पारेर विद्यार्थीहरुले एकअर्कालाई दशैंको शुभकामनासमेत दिइरहेका छन् ।


सुरुवाती कार्यक्रम नै भव्य, निरन्तरता दिने आयोजकको भनाइ
यसो त एसीसीए विद्यार्थीहरुलाई सहभागी गराउने उदेश्यका साथ सुरु भएको उक्त कार्यक्रम यो पहिलो हो । पहिलो कार्यक्रम नै भएपनि कार्यक्रम निकै भव्य र सभ्य देखिएको छ । कुनै 'ठुलै' टुर्नामेन्टको भान हुनेगरी केहि प्रायोजकहरुको समेत कार्यक्रममा उपस्थिति छ । नेपालमा चलेका मिडिया हाउस, एजुकेसन पोर्टल र अनलाइन पत्रिकाहरुले समेत कार्यक्रमलाई महत्वपूर्ण रुपमा हेरेका छन् । कार्यक्रमलाई सीसीएले आयोजना गरेको हो भने एसीसीएले सहयोग गरेको हो । कार्यक्रममा सिए सरोकार डटकम अर्थ सरोकार डटकम मिडिया पार्टनरका रुपमा छन् भने कर्पोरेट र हिमाल खबर पत्रिका अफिसियल प्रिन्ट पार्टनरका रुपमा छन् । यस्तै आवाज अनलाइन र एडुसंजाल डटकम लगायतले पनि कार्यक्रममा आफ्नो सहभागीता देखाएका छन् ।  कार्यक्रममा प्याराडाइज फोटोकपी, र सनराइज फोटोकपीले समेत सहयोग गरेका थिए । 


यता यसखाले कार्यक्रमलाई निरन्तरता दिने आयोजकको भनाइ छ । 'यो पहिलो पटक हो । हामी यसखाले कार्यक्रमलाई निरन्तरता दिन्छौं । एसीसीए विद्यार्थी, र एसीसीए सदस्यहरुलाई एक अर्काले चिन्ने, भाईचारा बढाउने र हाम्रो समूहपनि ठुलो छ है भन्ने देखाउन यसले महत्पूर्ण भूमिका खेल्नेछ ।' कार्यक्रमका संयोजक गिरीले भने । आयोजक सीसीए नेपालमा एसीसीएको कक्षा संचालन गर्ने संस्थाहरुमध्येको एक हो ।

यस्तो रह्यो पहिलो दिनको खेल 
कुल ८ टिम सहभागी प्रतियोगितामा ४-४ टिमलाई दुइ समुहमा बिभाजन गरिएको थियो । जसअनुसार ग्रुप ए बाट एसिसिए रेन्जर्स ( ६ अंक) बिजेता र टिबिसी २ (४ अंक) उपबिजेतासहित अन्तिम चारमा पुगेका हुन । यस्तै ग्रुप बि बाट भिक्ट्री ब्वाइज (४ अंक) बिजेता र समान ४ अंक जोडेको जीएफएन गोलअन्तरका आधारमा दोस्रोस्थानमा रहदै अन्तिम चारमा पुगेको छ । यस्तै ग्रप ए मा रहेको सिसिए २ ले १ खेलमा जित हात पार्दै २ सहित तेस्रोस्थानमा रह्यो भने ग्रुपको पुछारमा रहेको टिबिसी १ ले एउटा पनि खेल जित्न सकेन । उता ग्रुप बि मा भने शिर्ष र दोस्रो स्थानको टोलीसंग समान ४ अंक बटुलेको एसीसीए स्टार गोलअन्तरका आधारमा पछि पर्दै अन्तिम चारमा स्थान बनाउन असफल रह्यो । प्रतियोगिताको सेमिफाइनलका खेलहरुमा ग्रुप ए को बिजेता एसिसिए रेन्जरले ग्रुप बि को उपबिजेता जिएफएन र ग्रुप बि को बिजेता भिक्ट्री ब्वाइजले ग्रुप ए को उपबिजेता टिबिसि टु प्रतिद्धन्दी पाएको प्रतियोगिताका संयोजक आशिष गिरीले जानकारी दिनुभयो ।

हेर्नुहोस् आवाज अनलाइनले तयार गरेको उक्त कार्यक्रमको भिडियो सामाग्री