महासचिवमा कसको पल्ला भारी ? दुर्गा र अरुणमध्ये कसले पाउलान् महासचिवको जिम्मेवारी ?

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) को चुनाव नजिकिंदै गर्दा गत बर्ष सबैभन्दा बढी चर्चामा आएको पद महासचिवमा यसपाली सिए अरुण राउत र एक्यानका वर्तमान कोषाध्यक्ष समेत रहेका दुर्गा प्रसाद ज्ञवाली भीड्ने भएका छन् । ज्ञवाली गत कार्यकालदेखि एक्यानमा आएका हुन् । 'प्राक्टिस'मा रहेका यी दुवै सिएमध्ये कसको पल्ला भारी छ भन्ने चर्चा र आ-आफ्नै विश्लेषण अहिले नेपाली सिए क्षेत्रमा छ ।

यी हुन् दुबैका सम्भावना र चुनौती !
अरुण राउतलाई नेपाल बोर्डका सिएहरुको राम्रो साथ छ । यसो त भारतीय बोर्डका सिएहरुलाई राम्रोसँग चिनेका केहि सिएहरु राउतकै चुनावी क्याम्पिएनमा छन् । यद्यपी ती भोटले मात्रै उनले जित्न गाह्रो छ । यद्यपी अध्यक्ष र उपाध्यक्षमा कसैसँग सहकार्य गरेको खण्डमा उनको सम्भावना जीवित भने छ । राउत सिए क्षेत्रमा जाँगरिला सिएको रुपमा चिनिन्छन् । 

यता दुर्गा ज्ञवालीले अहिलेकै वातावरण नाबिगारेको खण्डमा पल्ला भारि उनैको छ । बजारमा 'खुनखार चुनावी खेलाडी'को उपनाम पाएका सिए निलबहादुर सारुमगरको पार्टनर हुनु, गत चुनावमै चुनावी माहोलको अभ्यास हुनुलेपनि उनको पल्ला भारी देखिएको हो । यद्यपी निल सारु पछिल्लो समय कुनै कित्ताको सपोर्टर भएर हिंडेको हल्लाले उनका केहि भोट पक्कै काटिएका छन् । यो कुरामा सचेत नभएको खण्डमा उनको चुनावी दौडमा थप चुनौतीहरु आउन सक्छन् । 

यसो त बजारमा महासचिवको तेश्रो क्यान्डीडेट उठाउने कुरा पनि राम्रैसँग उठेको छ । यो क्याम्पियन दुर्गाको विरुद्ध रहेको बुझ्न गाह्रो छैन । दुर्गा ज्ञवालीकै भोट काटिनेगरी नयाँ उम्मेदवार उठाउने र नेपाल बोर्डका सबैले तीनैलाई साथ दिने भित्री तयारी रहेको चर्चा पनि बजारमा छ । यदी यस्तो भयो भने, ज्ञवालीलाई चुनाव जित्नै गार्है पर्छ । अर्कोतर्फ अहिलेका एक्यान अध्यक्ष हरि सिलवालका निकट भनेर उनको प्रचार गरिनु र हाल हरि सिलवाललाई एक्यानका अधिकांस सिएहरुले मन नपराएको चर्चा हुनुपनि दुर्गा ज्ञवालीका लागि घातक हुन सक्ने देखिएको छ ।