कमिसनको कमाल : आइक्यानको वेव साइटमा फेरि समस्या, २०० जनाले एकैपटक हेर्दा समस्या आउने कस्तो सर्भिस ?

  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ- आइक्यानका यसअघिका कार्यकारी निर्देशकले घुस खाएर ग्लोबल आइटी नामक कम्पनीलाई वेव साइटको काम दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । तर त्यो घटनालाई त्यतिकै थामथुम पारिएको थियो । तर गलत गर्नेलाई कारवाही नगर्दा यसपाली पनि आइक्यानका विद्यार्थीले समस्या भोग्नुपरेको छ ।

आइक्यानको वेव साइट नतिजा प्रकाशित भएसंगै ह्यांग भएको छ भने नतिजा हेर्न मिलेको छैन । यहि बेला आइक्यानका जिम्मेवार व्यक्ति र ग्लोबल आइटीका प्रतिनिधि भने फोन सम्पर्क नहुने बनाएर बसेका छन् ।  आइक्यानका विद्यार्थीले यस्तो समस्या कहिलेसम्म भोग्नुपर्ने हो त्यो भने कसैलाई पनि थाहा छैन ।