बधाई छ ! नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)को अध्यक्षमा आनन्द शर्मा वाग्ले बिजयी !

  • सुरज प्याकुरेल / सिए सरोकार डटकम  
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) को निर्वाचनमा आनन्द शर्मा वाग्ले निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी बद्री कुमार गुरागाईंलाई हराउँदै वाग्ले अध्यक्ष पदमा बिजयी भएका हुन् । उनी यसअघि एक्यानको उपाध्यक्ष थिए भने त्यसअघि उनी कोषाध्यक्षको भूमिकामा एक्यानमा थिए ।

यस्तै कोषाध्यक्षमा राजु ढकाल बिजयी भएका छन् । आफ्ना प्रतिष्पर्धीहरु कमल सिलवाल र नवराज लामिछाने लाई पछी पार्दै ढकाल कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन् । निकै प्रतिष्पर्धाको अनुमान गरिएको महासचिव पदमा अरुण राउतले विजय हाँसील गरेका छन् । उनी नेपाल बोर्डबाट उतीर्ण सिए हुन् । आफ्ना प्रतिष्पर्धी दुर्गा प्रसाद ज्ञवालीलाई हराउँदै उनी महासचिव पदमा निर्वाचित भएका हुन् ।उपाध्यक्ष पद निर्विरोध बनेको छ । सिए दीपक पाण्डे एक्यानको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् । आफ्नो उम्मेद्वारी दर्ता गराउने अन्तिम समयमा पनि कसैले उम्मेद्वारी नदिएपछी पाण्डे निर्विरोध भएका हुन् ।

यस्तै सदस्यमा संगीता कंडेरिया, सुवास पौडेल, सन्दीपबाबु पौडेल, ऋषि पौडेल, अमृत गिरी र रुद्रनाथ पोख्रेलले जीत हाँसील गरेका छन् । कंडेरिया शिखर सुजकि निर्देशक हुन् भने सन्दीपबाबु पौडेल टुरिजम डेभलोपमेन्ट बैंकका सीएफओ हुन् । यस्तै ऋषि पौडेल सिटि मनी एक्सप्रेसमा सीएफओ छन् भने अमृत गिरी र सुवास पौडेल 'प्राक्टिस'मा छन् । निर्वाचित सबैले आफ्नो पद तथा गोपनियताको सपथ खाइसकेका छन् । निर्वाचित उम्मेदवारहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिसकिएको छ । सबैलाई सफल कार्यकालको हाम्रो पनि शुभकामना !