प्रकाशजंग थापासँग माफी मागेको ग्लोबल आइएमइ बैंकले नयाँ अध्यक्षलाई हेप्यो, फेरि माग्यो मेनेजमेन्ट ट्रेनीमा सिए !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- केहि समय अगाडी ग्लोबल आइएमइ बैंकले मेनेजमेन्ट ट्रेनीमा चार्टड एकाउन्टेन्ट माग्यो । सिए सरोकारले यसबारे समाचार छापेपछी आइक्यानका तत्कालीन अध्यक्ष प्रकाश जंग थापाले आफैं बैंकका एचआर प्रमुख भवानी ढकाललाई भेटे र यो गल्ती सच्याउन आग्रह गरे । बैंकले पनि आउटसोर्स कम्पनी आस्कमी मेनेजमेन्टको गल्तीका कारण यस्तो भएको भन्दै भ्याकेन्सी सच्याउने बताए । आइक्यानका पूर्व अध्यक्ष प्रकाश जंग थापाका अनुसार बैंकले आइक्यानलाई माफी पत्र पनि पठाएको छ । तर प्रकाश जंग थापा बाहिरिएर आइक्यानमा नयाँ अध्यक्ष आउने बितिकै सोहि बैंकले नयाँ अध्यक्षलाई हेप्ने गरी र समग्र सिए पेशा नै बदनाम हुने गरी मेनेजमेन्ट ट्रेनीमा चार्टड एकाउन्टेन्ट मागेको छ ।

यसअघि सोहि बैंकले आफ्नो गल्ती स्वीकार्दै आइक्यानसंग माफी मागेको थियो । यसअघि युनाइटेड फाइनान्सले पनि मेनेजमेन्ट ट्रेनीमा सिएहरु मागेपछि त्यसको चर्को आलोचना भएको थियो । त्यसपछि फाइनान्सले आफ्नो भ्याकेन्सी सच्याएको थियो । केहि समय अगाडी नबिल बैंकले पनि मेनेजमेन्ट ट्रेनीमा सिए मागेको थियो । आइक्यानका सूचना अधिकारीसमेत रहेका उपाध्यक्ष कृष्ण आचार्यले नबिल बैंकले आफ्नो भ्याकेन्सी सच्याउन लागेको बताएपनि बैंकले आफ्नो भ्याकेन्सी सच्याएको जानकारी आएन । यसरी नयाँ नेतृत्वको कमजोरीको फाइदा उठाउँदै बैंकहरुले यसरी नै पेल्ने हो भने कुन दिन ट्रेनी एसिष्टटेन्टमा पनि सिए नामागीएला भन्न सकिन्न ।

यसो त पछिल्लो समय यसबारे कोहि पनि बोल्न तयार छैनन् । हामीले यस विषयमा बुझ्न आइक्यानका अध्यक्षलाइ सम्पर्क गर्दा उनले आफु व्यस्त भएको मेसेज पठाए । ग्लोबल आइएमइ बैंकका एचआर प्रमुख भवानी ढकालपनि यो विषयमा बुझ्न सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन् । हामीले बैंकमा फोन गरी भवानी ढकालको प्रतिक्रिया माग्न खोज्दा उनले फोन नै उठाएनन् ।