सिए सरोकारका दिल्ली ब्युरो प्रमुख सम्मानित


सिए सरोकारका दिल्ली ब्युरो प्रमुख समेत रहेका पत्रकार ऋषि राम अधिकारी सम्मानित भएका छन्। नयाँदिल्ली स्थित एक भव्य कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो।  विशेषगरी दिल्लीमा रही सिए अध्ययन गरिरहेका नेपाली सिए विद्यार्थीसंग सम्बन्धित समाचारहरु सम्प्रेषण गरेकोमा उनलाई भारतमा रही सिए अध्ययन गरिरहेका नेपाली सिए विद्यार्थीहरुको संगठन मध्येको एक हातेमालो नेपाली विद्यार्थी समूहले सम्मान गरेको हो। 

हातेमालोले प्रदान गरेको सम्मानबाट आफुलाई अझ जिम्मेवार बन्न प्रोत्शाहन मिलेको अधिकारी बताउँछन्। सिए सम्बन्धि ३ बर्षे पत्रकारिताका क्रममा उनलाई प्रदान गरिएको यो पहिलो सम्मान हो। 

ऋषि राम अधिकारीले हातेमालो नेपाली विद्यार्थी समुहको ५ औं साधारण सभाको समाचार संकलन गरी पत्रकारिताको सुरुवात गरेका थिए।  त्यसपछी निरन्तर रुपमा सिए सरोकार डट कम, सिए सरोकार टेलिभिजन कार्यक्रम र  सिए सरोकार रेडियो कार्यक्रममा समेत उनी कार्यरत छन्।  पत्रकारिताको ३ बर्षे अनुभव बटुलीसकेका अधिकारी नेपालको लोकप्रिय समाचार नेटवर्क सिए सरोकारका दिल्ली प्रतिनिधि हुन्। 

सिए फाइनलमा अध्ययन गरिरहेका ऋषि राम अधिकारी बहुप्रतिभाका धनी छन्।  पत्रकारिता बाहेक उनी गायन क्षेत्रमा समेत आबद्ध छन्।  उनको 'सधै भरी' सिर्शकको गीत बजारमा आइसकेको छ भने दिल्लीमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा उनले आफ्नो गीत प्रस्तुत गर्ने गरेका छन्।