एक्यान भक्तपुरद्वारा चुनाव लक्षित 'नो योर क्यान्डिडेट' कार्यक्रम सम्पन्न


काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एक्यान)को भक्तपुर च्याप्टरले संघको चुनाव लक्षित कार्यक्रम 'नो योर क्यान्डीडेट' कार्यक्रम सम्पन्न गरेको छ । भक्तपुरस्थित जर्मन होम्समा आयोजित सो कार्यक्रममा संघको चुनावका प्रत्यासीहरु र अन्य सिएहरुको सहभागीता थियो । 

कार्यक्रममा चुनावका उम्मेदवारहरुले आ-आफ्ना एजेन्डाहरु प्रस्तुतसमेत गरेका थिए भने अन्त्यमा मतदाताहरुले उम्मेदवारहरुलाई केहि प्रश्न र सुझावहरुसमेत पेश गरेका थिए ।

अहिले संघको चुनावमा अध्यक्ष पदका लागि अरुण राउत र रमेश धिताल उठेका छन् । यसअघिको चुनावमा राउतलाई हराएर धिताल संघको उपाध्यक्षमा निर्वाचित भएका थिए ।

यस्तै महासचिवमा संजिता नेपाल र प्रचण्डध्वज कार्की उठेका छन् भने कोषाध्यक्षमा आरडी पाण्डेय र दिलिप खनाल उठेका छन् । 

यस्तै सदस्यहरुमा महिला कोटातर्फ दृष्टि पौडेल र अनुपमा संग्रौला, र खुलातर्फ सम्राट चौलागाईं, घनश्याम ओली, प्रभात खत्री, सौरभ अधिकारी, नवराज गौतम, भारत सुबेदी र अनुप अर्याल उम्मेद्वार छन् ।

संघको चुनाव यहि बैसाख २९ गते हुँदैछ ।