नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघको उपाध्यक्ष अनुप नेपाल निर्विरोध


काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एक्यान)को उपाध्यक्षमा अनुप नेपाल निर्विरोध निर्वाचित भएका छन् । सो पदमा उनीबाहेक कसैले पनि उमेद्वारी नदिएपछि उनी निर्विरोध भएका हुन् ।

यसअघि उपाध्यक्ष पदमा सिए टिका कार्की र सुबास पौडेल उठ्ने कुरा थियो । तर टिका कार्कीले अलि अघि नै र सुबास पौडेलले अन्तिम समयमा चुनावी रेसबाट अलग भएको घोषणा गरेका थिए । अन्तत: प्रतिष्पर्धी उमेद्वार नै नभेटिएपछि नेपाल निर्विरोध भएका हुन् ।

निर्विरोध निर्वाचित भएपछि उनले संघलाई आइक्यानमा राजनीति गर्नलाई ट्रायल सेन्टरका रुपमा प्रयोग हुँदै आएकोमा अव त्यस्तो नहुने कडा टिप्पणी गरेका छन् ।  संघको भक्तपुर च्याप्टरले संघले आयोजना गरेको चुनाव लक्षित कार्यक्रम 'नो योर क्यान्डीडेट' कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

यसअघि सिमिर्क एयरलाइन्समा काम गरेका नेपाल हाल प्राक्टिसमा छन् ।

यता, संघको चुनावमा अध्यक्ष पदका लागि अरुण राउत र रमेश धिताल उठेका छन् । यसअघिको चुनावमा राउतलाई हराएर धिताल संघको उपाध्यक्षमा निर्वाचित भएका थिए ।

यस्तै महासचिवमा संजिता नेपाल र प्रचण्डध्वज कार्की उठेका छन् भने कोषाध्यक्षमा आरडी पाण्डेय र दिलिप खनाल उठेका छन् ।

यस्तै सदस्यहरुमा महिला कोटातर्फ दृष्टि पौडेल र अनुपमा संग्रौला, र खुलातर्फ सम्राट चौलागाईं, घनश्याम ओली, प्रभात खत्री, सौरभ अधिकारी, नवराज गौतम, भारत सुबेदी र अनुप अर्याल उम्मेद्वार छन् ।

संघको चुनाव यहि बैसाख २९ गते हुँदैछ ।