सिए कोचिङ्ग सेन्टरमा पनि मर्जरको अभ्यास, एक भए एम्स सिए र गुरुकुल सिए

काठमाडौँ । चितवनको एम्स सिए काठमाडौँको गुरुकुल सिएसँग मर्ज भएको छ । केहि समययता चितवनमा संचालनमा आईरहेको एम्स सिएले अव गुरुकुल सिएको नाममा सेवा दिने भएको हो । एम्स र गुरुकुल दुवैले यसको औपचारिक घोषणा गरिसकेका छन् ।

मर्जरको घोषणा गर्दै गुरुकुल सिएका प्रमुख सिए. मुकुल भट्टले गुरुकुल र एम्सको मर्जरबाट सिनर्जी आउने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार गुरुकुलका नामबाट अव चितवनमा समेत कक्षा संचालन हुनेछ ।

पछिल्लो समय सिएको कोचिङ्ग कक्षा चलाउने संस्थाहरु धमाधम बन्द भईरहेका बेला गुरुकुल र एम्सले लिएको मर्जरको निर्णय सकारात्मक रहेको जानकारहरुको ठम्याई छ ।