सिए सरोकारका पत्रकार अधिकारी दिल्लीमा पुन: सम्मानित

सिए सरोकारका दिल्ली ब्युरो प्रमुख, पत्रकार ऋषि राम अधिकारी आइतबार सम्मानित भएका छन् । सिए नेपाल विधार्थी संघ भारतको दोस्रो अधिवेशनमा सिए सरोकारका पत्रकारअधिकारी सम्मानित भएका हुन् । सांसद गगन थापाको हातबाट सम्मान पाउँदा थप हौसला पाएको बताउँदै, 'यो सम्मानले मलाइ पत्रकारितामा केहि नयाँ गर्न थप उर्जा मिलेको छ'। 

नयाँ दिल्लीस्थित सिए नेविसंघले आयोजनामा सम्पन्न भएको संघको दोश्रो अधिवेसनका अवसरमा उनलाई सम्मान गरिएको हो । दिल्लीमा रही सिए अध्ययन गरिरहेका नेपाली सिए विद्यार्थीसंग सम्बन्धित समाचारहरु सिए सरोकार मार्फत सम्प्रेषण गरी सम्बन्धित सरोकारवालाहरुलाई सु-सूचीत गरेको भन्दै उनलाई सम्मान गरिएको हो । यसअघि भारतमै क्रियाशील अर्को एक विद्यार्थी समुहले उनलाई सम्मान गरेको थियो। 'यसरी पटक–पटक पाईरहने सम्मानबाट मलाइ अझ जिम्मेवार बन्न प्रोत्शाहन मिलेको छ' अधिकारीले भने। ३ बर्षे पत्रकारिताका क्रममा उनलाई प्रदान गरिएको यो दोस्रो सम्मान हो ।

'अधिकारीलाई सम्मान गर्न पाउंदा हामी एकदम खुशी छौ।  यहाँका गतिबविधिलाई सिए सरोकार मार्फ़त सबै सिए विद्यार्थी र नेपाल सम्म यहाँ भैरहने कार्यक्रमहरुको समाचार निरन्तर रूपमा सम्प्रेषण गरेकोमा बधाई दिन चाहन्छौ' , सिए नेविसंघ भारतका नवनिर्वाचित सभापति गिरु न्यौपानेले भने ।

प्रेम प्रसाद अधिकारी र बाल कुमारी अधिकारीका कान्छा सुपुत्र ऋषि राम अधिकारीले दिल्लीको लक्ष्मीनगरमा भएको कार्यक्रमको समाचार संकलन गरी पत्रकारिताको सुरुवात गरेका थिए । त्यसपछी निरन्तर रुपमा सिए सरोकार डट कम, सिए सरोकार टेलिभिजन कार्यक्रम र सिए सरोकार रेडियो कार्यक्रममा समेत उनी कार्यरत छन् । दुई दिदी र एक दाजुका कान्छा भाई अधिकारीले पत्रकारिताको लगभग साढ़े ३ बर्षे अनुभव बटुलीसकेका छन भने उनी नेपालको लोकप्रिय समाचार नेटवर्क सिए सरोकारका दिल्ली प्रतिनिधि हुन् । पत्रकारिता बाहेक उनी गायन क्षेत्रमा समेत आबद्ध रहेका अधिकारीको उनको ’सधै भरी’ सिर्शकको गीत बजारमा आइसकेको छ भने दिल्लीमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा उनले आफ्नो गीत प्रस्तुत गरिसकेका छन् ।