चार्टर्ड एकाउन्टेन्ट सदस्यता परीक्षा सम्वन्धमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट मिति २०७०/५/२८ मा निर्णय भई लागु गरिएका नया प्रावधान

·         यस संस्थाले जुन २०१४ र सो पश्चात चार्टर्ड एकाउन्टेन्ट सदस्यता परीक्षा (नयां पाठ्यक्रम अनुसार) चार्टर्ड एकाउन्टेन्सी अन्तिम तह CAP-III को परीक्षासंगै एउटै प्रश्नपत्रको आधारमा संचालन गरिनेछ ।
·         यस नयां व्यवस्था अनुसार संचालन गरिने चार्टर्ड एकाउन्टेन्ट सदस्यता परीक्षामा Corporate Law र Advance Taxation  गरि जम्मा दुई बिषयको रहनेछ ।  
·          दुई बिषयहरु Corporate Law र Advance Taxation CAP-III तहको अलग अलग समुहमा रहेका बिषयहरु भएकाले दुबै बिषयलाई एउटै समुहमा राखि Aggregate 50  प्रतिशतको व्यवस्था राख्दा व्यवहारिक नहुने भएकोले सो नगरी दुबै बिषयका परीक्षा एकै पटक दिई प्रत्येक बिषयमा ४० अंक वा सो भन्दा बढि अंक प्राप्त गरेको अवस्थामा मात्र उत्तीर्ण हुनेछ ।  
·          बिषय छुट (Exemption)  को सुबिधा पाउनको लागि कुनै एक बिषयमा कम्तीमा ६० प्रतिशत अंक प्राप्त गर्नु पर्नेछ र अर्को बिषयमा कम्तीमा ३० प्रतिशत अंक प्राप्त गर्नु पर्नेछ । यसरी ६० प्रतिशत अंक प्राप्त गरेको बिषयमा निजले बिषय छुट पाउने छ र यस्तो प्रकारको छुट त्यस पछि लगत्तै दिएको तीन पटकका परीक्षा सम्म कायम रहने छ ।
·         एक बिषयमा बिषय छुट (Exemption) पाएको अवस्थामा मात्र अर्को बांकी एक बिषयको परीक्षा फर्म भर्न पाइने छ तर त्यो विषय उत्तीर्ण हुन कम्तीमा ४०% अंक ल्याउन पनर्छे ।
·          प्रत्येक पटकको परीक्षामा प्रति बिषय रु. ६,००० (रु. छ हजार) लाग्नेछ । यसै बमोजिम नेपाल चार्टर्ड एकाउन्टेन्ट्स नियमावली, २०६१ को अनुसूची ४ को बुंदा नं. ५ मा संशोधन गर्ने गरिएको छ ।
·         पुरानो पाठ्यक्रम अनुसार परीक्षा दिई अनुत्तिर्ण भएका परीक्षार्थीहरुको हकमा जुन २०१४ देखि Corporate Law  मा मात्र अनुत्तिर्ण भएको भएमा Corporate Law  को मात्र परीक्षा दिनु पर्नेछ र Direct Tax वा Indirect Tax वा दुबै बिषयमा अनुत्तिर्ण भएको भएमा Advance Taxation  बिषयको परीक्षा दिनु पर्नछ । तीनवटै बिषय अनुतिर्ण भएको भएमा नयां पाठ्यक्रम अनुसार दुई बिषयको परीक्षा दिनु पर्नेछ । 
·         २०१३ नोभेम्बर पछाडिका चार्टर्ड एकाउन्टेन्ट सदस्यता परीक्षामा पहिलो पटक समावेश हुन आउने

·         परीक्षार्थीहरुको हकमा चार्टर्ड एकाउन्टेन्सी अन्तिम तह CAP-III मा छुट दिएका बिषयहरुमा प्रति बिषय रु. ३,००० (रु. तीन हजार) शुल्क लाग्नेछ ।