बिनय प्रकाश श्रेष्ठकोपनि जागिर गयो, फाल्गुनपछी आइक्यानमा आउंदैछन् नयाँ कार्यकारी निर्देशक

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ - भ्रष्टाचारको आरोपसहित अख्तियारमा उजुरी परेका आइक्यानका हालका कार्यकारी निर्देशक बिनय प्रकाश श्रेष्ठको यहि फाल्गुनसम्म रहेको कार्यावधि नथप्ने आइक्यान काउन्सिलले निर्णय गरेको छ । हिजो बसेको काउन्सिल बैठकले यस्तो निर्णय गरेको हो । फाल्गुन अन्तिमसम्म श्रेष्ठको कार्यावधि थियो । त्यसपछी नयाँ कार्याकारी निर्देशक आइक्यानमा नियुक्त हुनेछन् ।

'फाल्गुन अन्तिमसम्म बिनय प्रकाश श्रेष्ठ आइक्यानको कार्यकारी निर्देशकको रुपमा रहनेछन् । त्यसपछी आइक्यानमा नयाँ कार्यकारी निर्देशक आउनेछन् ।' सिए सरोकारसँग कुराकानी गर्दै एक काउन्सिल सदस्यले भने, 'नयाँ कार्यकारी निर्देशक नआउन्जेलसम्म सम्भवत: बिनोद न्यौपाने कार्यवाहक कार्यकारी निर्देशक हुनेछन् ।' आइक्यानमा श्रेष्ठको म्याद थप्ने वा नथप्ने भन्ने विषयमा छलफल भएको थियो भने उनको म्याद नथप्ने निर्णय बहुमतबाट पास भएको थियो । 

यो पनि पढ्नुहोस् :