किन 'डेन्जर-जोन' भन्दा माथि उठ्न सकिरहेका छैनन् क्षेत्र गोपाल ? सोझो देखिने उम्मेदवारलाई किन लाग्यो 'बाङ्गो' भएको आरोप ?

  • सुरज प्याकुरेल / सिए सरोकार डटकम 
काठमाडौँ - आइक्यानको आशन्न चुनावको चर्चा ठुलो छ । जताततै जित्नेहरुको अनुमान चलिरहेको छ । हार्छु भनेर आत्तिएकाहरु भोट बढाउनमा व्यस्त छन् । ठाउँ-ठाउँमा चुनावी चर्चाका लागि भेलाहरु हुन थालेका छन् । सिएहरुका फोन घन्टी बजेका बज्यै छन् । सहयोगको याचना र अरुलाई सिध्याउने खेल उस्तै छ । यहि बीचमा नेपाल बोर्डबाट सिए उतिर्ण गरेका दुई सिएहरुको स्थिति के छ भनेर चर्चा अलि बढी नै हुन थालेको छ । सुरेन्द्र श्रेष्ठ र क्षेत्र गोपाल प्रधानमध्ये सुरेन्द्र श्रेष्ठले जित्छन् र क्षेत्र गोपाल प्रधानले हार्छन् भन्ने अनुमान धेरैको छ । यहि बीचमा क्षेत्र गोपालको व्यक्तिगत बानीलाइ लिएर समेत नकारात्मक चर्चा सुरु भएको छ । त्यो पनि अलि अस्वाभाविक रुपमा । अलि बढी नै अस्वाभाविक रुपमा ।    

'व्यंग्य-वाणका खानीले, प्याच्च बोल्ने बानीले...'हार्लान् जस्तो भो, चुनाव हजुर क्षेत्र गोपाल नानीले...!'
केहि दिन अघिको कुरा हो । तिनकुनेको सिद्धार्थ कटेज, अनि केहि नेपाल बोर्डका भेट्रानहरुको सिएहरुको भीड । फरक प्रसङ्गको बसाईं तर स्वाभाविक चुनाव-चर्चा । कुरा उठ्यो आइक्यानका समस्या र समाधानको । बीचैमा एक जना सिए बोले, 'आहा ! आज सुरेन्द्र दाइले क्या दामी स्ट्याटस हाल्नुभएको है ! बुढालाई जसरी पनि जिताउनुपर्छ ।' बीचैमा फेरि अर्का सिए बोले, 'जसले जति भनेपनि हामीले जिताउने नेपाल बोर्डकैलाई हो ।'

पीइरहेको पानी हतारले टेबलमा राख्दै अर्का सिए बोलीहाले, 'सुरेन्द्र श्रेष्ठलाई भोट हालौं भन, ठिक छ । तर नेपाल बोर्डकोलाई नै भोट हाल्नु भन्ने कुरा ठिक होइन । सुरेन्द्र श्रेष्ठलाई भोट हाल्ने हो, तर आइक्यान बोर्डबाट पास भनेर होइन, तिनको एजेन्डा देखेर हो ।'

'भइगो नि त ! सुरेन्द्र श्रेष्ठलाई एक भोट हाल, दोश्रो भोट क्षेत्रलाई हाल ।' झट्ट आएको प्रतिउत्तरलाई उनले फेरि प्रतिकार गरे, '… *** ज्यान हाला हालिन्न् ! त्यसलाई हराउने हो ।'

यो सबै कुरा सुनीरहेका सिए सरोकारका सम्बाददाता अब नबोली रहन सकेनन् ।

'लौ किन र ? किन त्यस्तो दुश्मनी क्षेत्र सरसँग ?'

दाजुभाइ सहरका ती सिए फेरि बोले, 'तिमी मु*को त टिचर हो अनि साइड लागिहाल्छौ नि !' मलाई लाष्ट एयर एउटा पार्टीमा भनेको कुरा अझै याद छ ।'

'अँ अलि बढी नै ठट्टा गर्छन् साथीले' भीडबाट अरु कोहि बोल्यो ।
'व्यंग्य-वाणका खानीले, प्याच्च बोल्ने बानीले...'हार्लान् जस्तो भो, चुनाव हजुर क्षेत्र गोपाल नानीले...!' भीडबाट अर्को पात्र बोल्दा सबै हाँसे ! तर हाँसो भित्र केहि गम्भीर विषय लुकिरहेको थियो । चुनावका बेला उठेका यस्ता प्रसङ्गले सानो अर्थ पक्कै राख्दैन ।  प्रसङ्ग अझै खुल्दै गयो । साच्चै नमीठोसँग धेरैको मन चिड्याएका रहेछन्, क्षेत्र गोपाल प्रधानले । त्यसपछि धेरै ठाउँमा प्रधानका कुरा उठे । कुरा केहि अघि कुनै पार्टीमा यस्तै उठेको थियो, 'बोलीका नमीठा भए क्षेत्र, नत्र चुनाव हार्नुपर्ने कुनै कारण छैन ।' एक्यानको पिकनिकमा पनि कसैले  उनलाई यहि प्रतिक्रिया दिएको भन्ने चर्चा छ बजारमा । 

धेरैलाई 'जोक' बनाएको गलत परिणाम ! सुरेन्द्र श्रेष्ठको क्रेजले झनै अफ्ट्यारो !
'मान्छे ठिकै हुन् । आइक्यानका प्रोडक्ट हुन् । तर भोट हालिन्न ।' यतिसम्म कि कुनै सिएको बिहेको पार्टी होस् वा आइक्यानमा कसैसँग भेट्दा उनले प्वाक्क बोल्ने बानी र अरुको कुरा काट्ने बानीले धेरैलाई नमज्जा लागेको रहेछ । हुन त यो उनको नियत गलत भएर होइन । तर अरुलाई आफ्नो कुरा लाद्ने उनको बानीले नमज्जा नै पारेको रहेछ, धेरैलाई । 'फलानोले यसरी अन्डरकटिङ गर्यो, फलानोले फलानोको यति पैसा खायो, फलानोले फलानोलाइ यस्तो भन्यो, नभन्नु भन्थ्यो तर नमज्जासँग भन्यो ।' कुरा अधिकांस जायज तर प्रस्तुती सार्है नराम्रो ।' धेरैको गुनासो यहि छ । यसो त क्षेत्र गोपाल आफ्नो कुरा मात्र ठिक मान्छन् भन्नेहरु पनि धेरै छन् । 'कसैका बारेमा रार्मो नबुझी धारणा बनाउने बानी ठिक भएन तिनको, तिनले काउन्सिल जितेर के गर्छन् ? मनमा कुरा राख्ने सक्दैनन् । भएकोमात्र होइन नभएको कुरा गर्छन् ! कसैले सुनाइदिएकै आधारमा अरुलाई गाली गर्छन्, नमीठो बोल्छन् !' धेरैको गुनासो यहि छ । 

असान्धर्भिक र अरुलाई 'पिन्च' पर्नेगरी जोक गर्ने क्षेत्र गोपालको बानी अहिले रिक्याक्सनमा परिणत भएको छ । चुनावमा उनी कमजोर देखिएर होला सायद । अहिले क्षेत्र गोपाल प्रधान धेरै ठाउँमा ठट्टाको विषय बन्ने गरेका छन्। 'होइन यार ! क्षेत्र गोपाललाई जिताउनुपर्छ, त्यसलाई जिताइयो भने त्यसले काउन्सिलको कुरा एक एक गरी जस्ताको त्यस्तै भन्छ, मनमा केहि कुरा राख्न सक्दैन' भनेर उनको बिल्ला गर्नेहरु बढेका छन् । 'हाम्रो महत्वपूर्ण भोट भनेको पहिलो भोट हो, आइक्यानको समर्थक भएर हेरौं ! सुरेन्द्र श्रेष्ठको विकल्प छैन । भन्नेहरु पनि बढेका छन् । चुनावकै बेला भएर होला उनले कुन पार्टीमा कसलाई गाली गरे, कसको चित्त दुखाए, कुन काम गलत गरे, सबै एक-एक गरी छताछुल्ल भइरहेका छन् । यहि समयमा सुरेन्द्र श्रेष्ठ सबैका प्रिय बनेका छन् । मिझासिलो पाराले प्रस्तुत हुने, सटिक कुरा बोल्ने, एजेन्डा बोक्ने उनको तरिकाले धेरैलाई उनीप्रति आकर्षित गरेको छ । यसो त आइक्यानका केहि लिडरहरुले यी दुईजनाको भोट बाँडेर एक अर्कालाई दिने सम्मको प्रस्ताव पनि गरेका हुन् । त्यसरी गर्दा सुरेन्द्र श्रेष्ठको जीतमा पनि रिस्क बढ्ने भएपछी अधिकांस आइक्यानका प्रोडक्ट त्यस्तो नगर्ने निर्णयमा पुगेका छन् ।  

समर्थकहरु राय : 'मनका सफा छन् क्षेत्र गोपाल' 
यसो त अरुले भनेकै आधारमा क्षेत्र गोपाल प्रधानप्रति धारणा बनाउनु ठिक नहुन सक्छ । सटिक बोलेको कसैलाई मन पर्दैन भन्दैमा उनी विरुद्ध लागेकाहरुलाई साथ दिनु पनि सहि नहुन सक्छ । हुन त चुनावका समयमा कसैका साना कामजोरी ठुलो हुनु नौलो कुरा हुँदै होइन ।  तर हल्ला नै हल्लाका भरमा क्षेत्रलाइ नराम्रो सोच्नु पनि गलत हुन सक्छ । 'क्षेत्र निकै प्रिय मान्छे छन् । आइक्यानका लागि राम्रो गर्ने उनको एजेन्डा छ । उनी केहि गर्न खोज्ने र केहि गर्न सक्ने व्यक्ति हुन् ।' क्षेत्र गोपालका प्रधान निकट एक सिए भन्छन्, 'कसैलाई उनी बोलेको मन पर्दैन, वा कसैलाई उनी हाँसेको मन पर्दैन भने त्यो फरक पाटो होला । तर उनी जित्नुपर्ने मान्छे हुन् । र उनले जित्छन् भन्नेमा हामी आशावादी छौं ।' यता नेपाल बोर्डबाट नै पास गरेका अर्का सिए भन्छन्, 'क्षेत्र त्यसरी अरुलाई नराम्रो भन्ने मान्छे हुँदै होइन । अलि ठट्टा गर्ने स्वभावको छ । त्यसैलाई कसैले कमजोरीका रुपमा लिन्छन् भने त्यसलाई हामीले के भन्न सक्छौं र ? तर क्षेत्रले जित्नुपर्छ, र जित्छन् पनि !'

क्षेत्र गोपाल भन्छन्, 'जानेर कसैको चित्त दुखाएको छैन, चुनावको तयारी, 'नट सो गुड नट सो ब्याड'
यता क्षेत्र गोपाल प्रधान भने आफुले जानेर कसैलाई चित्त नादुखाएको बताउंछन् । 'जानेर कसैको चित्त दुखाएको छैन । कसैलाई नराम्रो भनेको पनि छैन । कसलाई के कुराले चित्त दुखेछ त्यो पनि थाहा छैन ।' कसैलाई नराम्रो भन्ने आफ्नो इन्टेन्सन कहिलेपनि नरहेको बताउंदै उनले अगाडी भने, 'मैले गर्दा केहिको चित्त दुखेको छ भन्ने प्रसङ्ग पनि सिए सरोकार बाट नै थाहा पाएको हो । मेरो त कुनै त्यस्तो इन्टेन्सन छैन । कहिले पनि हुँदैन ।' केहि सिनियर नै तपाईंले अलि नराम्रो बोल्नु हुन्छ सबैलाई भन्छन् त ? भन्ने हाम्रो प्रश्नमा उनले पुन: दोहोर्याए, 'मलाइ केहि पनि थाहा छैन । जानेर कसैको चित्त दुखाएको जस्तो लाग्दैन ।' अनि चुनावको तयारी के छ ? स्ट्याटस के छ ? भन्ने हाम्रो प्रश्नमा उनले छोटो उत्तर दिए, 'नट सो गुड, नट सो ब्याड ! ठिकै छ'