एक्यान फुट्सल मेनियाको उपाधि जीपी राजवहाकलाई !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- एक्यान फुट्सल मेनिया २०१८ को उपाधि जीपी राजवहाक समूहले हात पारेको छ । फाइनल खेलमा प्रतिष्पर्धी जेकेबी समूहलाई हराउँदै उक्त उपाधि जीपी राजवहाकले हात पारेको हो । बिजेता समूहले ट्रफी, मेडलसँगै नगद रु ७५००० पुरस्कार पाएको छ । 
यस्तै उपबिजेता जेकेबी समूहले नगद ३५००० प्राप्त गरेको छ । पोष्टम्याचका क्रममा आइक्यानका अध्यक्ष प्रकाश जंग थापा, उपाध्यक्ष जगन्नाथ उपाध्याय र एक्यानका अन्य पदाधिकारीहरु उपस्थित थिए ।

गल्फुटारस्थित चौर फुट्सल मैदानमा आयोजित उक्त प्रतियोगितामा जेकेबी समूह र जीएसएन समूहबीच भएको खेलमा जेकेबी बिजेता भएको थियो भने एनबीएसएम र जीपीआर समूहबीच भएको खेलमा जीपीआर समूह बिजेता भएको थियो ।
उक्त प्रतियोगितामा अडान र एक्यान बीच मैत्रीपूर्ण खेलसमेत भएको थियो । जसमा अडानले ८ गोल हानेको थियो भने एक्यानले १० गोल हानेर बिजय भएको थियो ।