जाँदाजाँदै आइक्यानको काउन्सिलले गर्यो यस्तो निर्णय, १ अर्वसम्मको अडिट अव आरएबाटै !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- आइक्यानको काउन्सिलले जाँदा जाँदै प्राक्टिसमा रहेका सिएहरुको 'स्कोप' नै खुम्चिने गरी १ अर्व सम्मको कारोबार भएका कम्पनीहरुको लेखापरिक्षण आरएबाटै हुने गरी निर्णय गरेको छ । 'ख' बर्गका आरएहरुले यस्तो काम गर्न पाउने भएका हुन् । सिएहरुका लागि कम र आरएहरुका लागि बढी राम्रो काम गर्दै आएको चर्चा यसअघि पनि चलेकै हो । यतिबेला भने उक्त चर्चा सत्य सावित भएको छ । सिएहरुको खास मतलव नराख्ने गरेको आरोप लागेको आइक्यान काउन्सिलले आरएहरुको लेखापरिक्षणको दायरा भने बढाएसंगै आइक्यान कसरी आरएहरुको कब्जामा छ भन्नेसमेत प्रमाणित भएको छ । यहि साउन १, २०७५ देखि लागु हुने गरी यस्तो व्यवस्था आएको हो ।

आइक्यान स्रोतका अनुसार आइक्यानमा आरएहरुले सिएमा सहज प्रवेशको माग गरेपछि आइक्यानका नव निर्वाचित अध्यक्ष जगन्नाथ उपाध्यायको ठूलो लविङमा आइक्यानले यस्तो निर्णय गरेको थियो । यसो त चुनावमा हार्ने स्थिति आएपछी जगन्नाथ उपाध्यायलाइ जिताउन आरएहरु निकै लागेको खबर यसअघि नै सार्वजनिक भइसकेको थियो । यसैबीच सुबोध कर्णले आरएहरुलाई यस्तो निर्णय गराईछाड्ने आश्वासन दिएको चर्चा पनि चलेको थियो । अन्ततः उक्त चर्चा सहि साबित भएको छ ।