सिए कन्फेरेन्सले पूराना र नयाँ सिएबीचको दुरी घटाउने सिए रत्न राज बज्राचार्य विश्वास, कन्फेरेन्सको सफलताको कामना (भिडियो)


नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) र नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का पूर्व अध्यक्षसमेत रहेका सिए रत्न राज बज्राचार्यले सिए कन्फेरेन्स २०७५ को सफलताको शुभकामना व्यक्त गरेका छन् । एक भिडियो सन्देशमार्फत उनले यस्तो शुभकामना सन्देश दिएका हुन् । सिएहरुको 'स्कोप' प्राक्टिस र बैंकिङमा मात्र नभई धेरै क्षेत्रमा रहेको उल्लेख गर्दै उनले यो कन्फेरेन्सले पूराना सिए र नयाँ सिएबीचको दुरीलाई कम गर्ने समेत विश्वास व्यक्त गरेका छन् । हेरौं उनको शुभकामना सन्देश :