एनकासा कप क्रिकेटको रौनक झन् बढ्दै, बुधबारबाट क्वाटरफाइनलका खेलहरु सुरु ! (खेलको अपडेटसहित)

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) अन्तर्गत सिए अध्ययन गरिरहेका विद्यार्थीहरुको संगठन नेपाल चार्टड एकाउन्टेन्ट विद्यार्थी संगठन (एनकासा)को आयोजनामा प्रत्येक बर्ष आयोजना हुने एनकासा कप क्रिकेटको आठौँ संस्करणका खेलहरु थप रोमान्चकारी हुँदै गएका छन् । जति जति अन्तिम खेल नजिकिंदै छ, खेलाडी, सिए फर्म र तीनका समर्थकहरुमा थप उत्साह थपिएको छ । काठमाडौँको मूलपानीस्थित रंगशालामा आयोजना भइरहेको उक्त प्रतियोगीतामा विभिन्न सिए फर्महरुले सहभागीता जनाईरहेका छन् ।
प्रतियोगिता अन्तर्गत बुधबारदेखि क्वाटरफाइनल खेल सुरु भएका छन् । क्वाटरफाइनल अन्तर्गत भएका खेलहरुमा एनबिएसएम एण्ड एसोसिएट्सले जेके / एसएस / के के बुढाथोकी एण्ड एसोसिएट्सलाई हराएको छ भने पीआरएसएच / पीएलआरजी एसोसिट्सले मिशाल एण्ड पीआरएसएच / पीएलआरजी एसोसिएट्स लाई पाखा लगाएको छ ।
यता तेश्रो दिनको खेलमा भने तीन खेल भएका थिए । जसमा देव एसोसिएट्स / केएसडीबी एसोसिएट्स लाई डि एण्ड डि एसोसिएट्सले २ विकेटले पराजित गरेको थियो भने दोश्रो खेलमा जोशी एण्ड भण्डारीले जे बि राज भण्डारी एण्ड डीभिन्स / प्रविन जोशी एण्ड कम्पनीलाई ७१ रनले पाखा लगाएको थियो । तेश्रो दिनको तेश्रो खेलमा भने अच्युत पाण्डे एण्ड एसोसिएट्स ले जीपी राजबहाक एण्ड कम्पनीलाई ९९ रनले पराजित गरेको थियो ।