चार्टड एकाउन्टेन्ट रत्नराज बज्रचार्यले सनराइज बैंक छोडे...!


काठमाडौँ - चार्टड एकाउन्टेन्ट रत्न राज बज्राचार्यले औपचारिक रुपमै सनराइज बैंक छोडेका छन् । बैंकमा आफ्नो एक कार्यकाल सकिएपछि अन्तत: उनले बैंक छोड्ने निर्णय गरेका थिए । मे, २०१५ देखि सनराइज बैंकको सीइओको कमान सम्हालेका बज्राचार्यले आफ्नो ४ बर्षे कार्यकाल सकिएसँगै बैंक छोडेका हुन् । 

बैंकको जागिर छोडेसँगै उनी आफ्नै पूरानो व्यवसायमा फर्कने प्रयास गर्दैछन् । निकै चलेको उनको पूरानो कन्सलटेन्सी म्याक कन्सल्टेन्सीलाई पुन: सुरु गर्न लागेका उनी त्यसपछि सोहि सेवामा निरन्तर रहने योजनामा छन् । यसो त उनी नेपाल बैंकको सीइओ बन्ने दौडमा छन् भन्ने चर्चा पनि चलेको छ ।

उनी नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का पूर्वअध्यक्षसमेत हुन् ।