चार्टड एकाउन्टेन्ट रोशन कुमार न्यौपानेलाई प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा विभूषण गर्ने घोषणा !

काठमाडौं । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट सिए उतिर्ण गरी हाल एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका चार्टड एकाउन्टेन्ट रोशन कुमार न्यौपाने प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा विभुसित हुने भएका छन् । संविधान दिवसको अवसर पारेर सरकारले बैंक तथा वित्तिय संस्थामा उत्कृष्ट योगदान पुर्याए बापत विभिन्न बैंक तथा वित्तिय संस्थामा आवद्ध पाँच व्यक्तिलाइ सम्मान गर्ने भएको हो । 

बैंक तथा बित्तिय क्षेत्रमा लामो समय आम नागरिकको हितमा पुर्याएको योगदानको कदर गर्दै सरकारले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष विभिन्न मान पदवी सहित सम्मानका लागि सिफारिस गरेको हो । 

यसरी मानपदवी पाउनेमा नेपाल बैंक लि का अध्यक्ष वासुदेव अधिकारी, ग्लोबल आइएमई बैंकका अध्यक्ष एबं उधोगपति चन्द्र ढकाल, एनआईसी एसिया बैंकका सिइओ रोशन कुमार न्यौपाने, सेञ्चुरी बैंकका प्रमुख बजार अधिकृत रञ्जन खड्का तथा एभरेष्ट बैंकका नायव प्रबन्धक रामराजा उप्रेती रहेका छन् ।