आफ्नो किताबमा गल्तीहरु भएको सिए आनन्द श्रेष्ठको स्वीकारोक्ति, भन्छन्, 'करेक्सन गर्छु' (अडियो कुराकानीसहित)

काठमाडौँ । चार्टड एकाउन्टेन्ट आनन्द श्रेष्ठले आफुले लेखेको किताब 'ह्याण्ड बुक अफ ट्याक्सेसन'मा गल्तीहरु भएको स्वीकारेका छन् । खाता प्रमाणीकरण सम्बन्धि अपव्याख्या किताबमा प्रस्तुत हुँदा करदाता भ्रमित भएको तथ्य बाहिरिएपछि उनले उक्त नियम अहिले नभएकोजस्तो लागेको, आफ्नो किताबमा अन्य गल्तीहरुपनि आफुले थाहा पाउँदै गएको बताउँदै यसलाई करेक्सन गर्ने बताएका छन् । 

आन्तरिक राजश्व विभागको साइटमा पनि त्यस्तै जानकारी भएको भन्दै उनका समर्थकले सिए सरोकारले प्रकाशित गरेको समाचारमा सामाजिक संजालमा आपत्ति जनाउंदै गर्दा उनले भने आफ्नो किताबमा अन्य गल्तीहरु पनि भएको स्वीकारेका हुन् ।

खातामा पानाहरु खाली भएको खण्डमा अर्को आर्थिक वर्षमा पनि सोहि खाता प्रमाणित गर्न मिल्ने नियमलाई उनले खाता नै प्रमाणित गर्नुपर्दैन भन्ने शैलीमा प्रस्तुत गरेका थिए । यसो त आन्तरिक राजश्व विभागको साइटमा पनि यो नियमको बुँदा नबुझिने गरी जानकारी राखिएको छ । जसको दुई थरी व्याख्या गर्नेहरु भेटिएका छन् । तर खाता प्रमाणित नै गर्नु नपर्ने भन्ने कुराचाहिं गलत नै भएको स्वयम् विभागका कर्मचारीहरुको ठम्याई छ । त्यहि बुँदा सार्दा उनी विवादमा तानिएका छन् । उनका समर्थकहरुले पनि आन्तरिक राजश्व विभागमा जे छ, त्यहि त छ नि आनन्दको किताबमा भन्दै उनको समर्थन गरिरहेका छन् भने यस विषयमा विज्ञहरुले भने किताब लेख्नेहरुले भेरिफाइ नगरी अपव्याख्या हुने गरी नियम सार्दा आफु पनि विवादमा तानिएको बताईरहेका छन् ।

बाँकी कुराकानी सुनौँ अडियोमा !