यसपाली आइक्यानको परिक्षामा मास्क अनिवार्य, परिक्षा कोठामा भौतिक दुरीको व्यवस्था !

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । यहि डिसेम्बर १३ तारिखदेखि सुरु हुन लागेको आइक्यानको परिक्षामा यसपाली मास्क अनिवार्य गरिएको छ । कोभिड १९ का कारण यस्तो व्यवस्था गरिएको हो । साथै परिक्षा कोठाभित्र भौतिक दुरीको व्यवस्थासमेत गरिएको छ । कोरोना संक्रमणबाट जोगिन सरकारले तय गरेको मापदण्ड अनुसार नै परिक्षा संचालन हुन लागेको हो ।

'भौतिक दुरीसहितको व्यवस्था गरेका छौं । त्यसका लागि आइक्यानको सम्पूर्ण तयारी सकिएको छ ।' आइक्यानका अध्यक्ष मदन शर्माले सिए सरोकारसँग भने, 'सरकारले तय गरेका सबै मापदण्ड पालना गरेर परिक्षा संचालन गर्छौं । परिक्षामा सामेल भएकै कारण कोहि संक्रमणको सिकार नबनून् भन्ने कुरामा हामी सचेत छौं ।' उनले भने ।

आइक्यानले परिक्षाको तयारी सकेको छ ।  यसको औपचारिक निर्णय गर्न शनिबार शिक्षा समितिको बैठक बस्दैछ भने आइतबार परिक्षाको औपचारिक रुटिन सार्वजनिक हुनेछ ।