बरिष्ट चार्टर्ड एकाउन्टेन्ट सुन्दरमान श्रेष्ठको निधन !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ । बरिष्ट  चार्टर्ड एकाउन्टेन्ट सुन्दरमान श्रेष्ठको निधन भएको छ ।

शुक्रबार राती सिए श्रेष्ठको निधन भएको हो ।  

नेपाली सिए क्षेत्रमा उल्लेखनीय योगदान दिएका सिए श्रेष्ठको अन्त्यष्टीको तयारी गरिसकिएको छ । उनको अन्त्यष्टी आइतबार हुने पारिवारिक स्रोतले जनाएको छ ।  

भारतीय बोर्ड अन्तर्गत सिए उतिर्ण गरेका सिए श्रेष्ठ केहि समय यता बिरामीसमेत थिए ।

केहि दिनअघि मात्र सिए जीपी राजवहाकको निधन भएको थियो । नेपाली सिए क्षेत्रले एक सातामै दुई सिए गुमाएको छ ।