नेपालको अर्थतन्त्रलाई सहि अर्थमा रुपान्तरण गर्न सक्ने कोहि छ भने त्यो चार्टर्ड एकाउन्टेन्ट हो : गभर्नर अधिकारी (भिडियो)

  • सिए सरोकार सम्बददाता
काठमाडौँ । चार्टर्ड एकाउन्टेन्टसमेत रहेका नेपाल राष्ट्र बैंकका गभर्नर सिए महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रलाई सहि अर्थमा रुपान्तरण गर्ने काम चार्टड एकाउन्टेन्टबाटमात्र सम्भव भएको बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को ३६ औं बार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

आफु सिए प्रोफेसनले दिएको शिक्षा र अनुभवकै कारण गभर्नर भएको स्मरण गर्दै उनले आफुलाई योग्य ठानेर गभर्नरमा नियुक्ति दिएकोमा सरकारलाई धन्यवादसमेत दिएका छन् । सिएजतिको अर्थतन्त्र जान्ने कोहि नपाएको बताउँदै उनले आफु आबद्ध संस्था नेपाल राष्ट्र बैंकमा पनि हरेकजसो विभागमा सिएहरुको ठुलो माग रहेको बताएका छन् ।

समाजमा सिएहरुको योगदान उल्लेखनीय भएको बताउने उनले सिएहरु प्रविधिसँगै अगाडी बढ्न सके नेपालको अर्थतन्त्रलाई सकारात्मक रुपान्तरण गर्न सकिने दाबी गरे । बाँकी भिडियोमा हेरौं उनले कार्यक्रममा दिएको मन्तव्यको सम्पादित अंश: