सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा एसिसिए सदस्य पवनकुमार खड्का नियुक्त

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा एसिसिए सदस्य पवनकुमार खड्का नियुक्त भएका छन् । एसिसिए खड्का कम्पनीको सीईओ पदमा ४ वर्षे कार्यकालका लागि नियुक्त भएका हुन् ।

यसअघि उनी सोही कम्पनीको निमित्त सीईओका रूपमा कार्यरत थिए । एसिसिए खड्कालाई बीमा समितिले कम्पनीको सिइओको रुपमा मंगलबार स्विकृती दिएको हो ।