भव्य इतिहास रचेर सकियो लेखा व्यवसायीहरुको राष्ट्रिय सम्मेलन, २१ तस्विरमा हेर्नुहोस् दोश्रो दिनको भव्य माहोल (फोटो-कथा)

काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को आयोजनामा दुई दिने प्रथम राष्ट्रिय लेखाव्यवसायी सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको दोश्रो तथा अन्तिम दिन नेपाल राष्ट्र बैंकका गभर्नर तथा आइक्यानका पूर्व पार्षद सिए महा प्रसाद अधिकारीले देशको समयसामयिक अर्थतन्त्र र त्यसमा नेपाल राष्ट्र बैंकको भूमिकाबारे गरेको सम्बोधनले सम्मेलनलाई थप आकर्षण दिएको थियो भने महजोडीले अभिनय गरेको र आइक्यानले निर्माण गरेको लघुचलचित्र 'नातिप्रसाद'ले कार्यक्रममा थप रौनकता दिएको थियो ।

त्यसमाथि पनि गायिका मेलिना मानन्धरको प्रस्तुती र सिए विद्यार्थीहरुको प्रस्तुतीले कार्यक्रममा सुनमा सुगन्ध थपेझें देखिन्थ्यो । अव हरेक बर्ष गर्ने गरी सम्पन्न भएको पहिलो सम्मेलन समग्रमा अत्यन्तै भव्य र सभ्य भएको प्रतिक्रिया सहभागीहरुले दिएका छन् ।

पहिलो दिनजस्तै दोश्रो दिन पनि कार्यक्रममा रक्तदान र स्वास्थ्य जाँच कक्ष पनि राखिएको थियो । आइक्यानको कर्मचारी संगठन र आइक्यान मिलेर सो रक्तदान कार्यक्रमको आयोजना भएको थियो । हेरौं कार्यक्रमका झलक फोटोफिचरमा :