बरिष्ट चार्टर्ड एकाउन्टेन्ट टिआर उपाध्यायको निधन



काठमाडौँ । बरिष्ट चार्टर्ड एकाउन्टेन्ट टिआर उपाध्यायको निधन भएको छ । 

उनको अमेरिकामा बैसाख ३० गते निधन भएको हो । 

उनी पारिवारिक कामले अमेरिका पुगेका थिए ।

नेपाली लेखा व्यवसायमा ठुलो योगदान दिएका उनको निधनले नेपाली लेखा व्यवसाय क्षेत्र मर्माहत छ ।  

उनले यस बर्षदेखि लेखा व्यवसायबाट सन्यास लिने तयारी गरिरहेका थिए । तर सो सन्यासको घोषणा गर्नुअगावै उनी परलोक भएका छन् ।  

उपाध्याय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका पूर्व अध्यक्षसमेत हुन् ।