एक्यानको उपाध्यक्षमा सुशील घिमिरे बिजयी !


काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को उपाध्यक्षमा सुशील घिमिरे छन् ।
शनिबार भएको निर्वाचनमा प्रतिष्पर्धी तेज सुवेदीलाई पछि पार्दै उनी बिजयी भएका हुन् ।

घिमिरे अवको दुई वर्षको लागि एक्यानको महासचिवका रुपमा रहनेछन् ।

यता संघको महासचिवमा प्रदिप सिग्देल र कोषाध्यक्षमा बर्षा बराल बिजयी भएका छन् ।


दीपक पाण्डे यसअघि नै संघको अध्यक्षमा निर्विरोध निर्वाचित भईसकेका थिए ।

यस्तै संघको कार्यकारी समितिको सदस्यमा शंकर अर्याल, बिबेक राम भण्डारी, सुजन सुवेदी र पृथ्वी पुन मगर निर्वाचित भएका छन् । यसअघि नै संघको कार्यकारी समिति सदस्यमा महिलातर्फ अस्मिता त्रिपाठी निर्विरोध निर्वाचित भईसकेकी थिइन् ।