आइक्यानको इतिहासमै सबैभन्दा ठुलो 'स्टुडेन्ट ओरिएन्टेसन' कार्यक्रम सम्पन्न, ९० तस्विरमा हेर्नुहोस् भव्य कार्यक्रमका खास झलक (फोटो-फिचर)

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले इतिहासकै सबैभन्दा ठुलो 'स्टुडेन्ट ओरिएन्टेसन' कार्यक्रम सम्पन्न गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको सो कार्यक्रममा आइक्यानका अध्यक्ष युद्धराज ओली, उपाध्यक्ष भाष्कर सिंह लाला, कार्यकारी निर्देशक संजय सिन्हा लगायतले आफ्नो धारणा राखेका थिए । विद्यार्थीहरुका लागि निकै उपयोगी टिप्स, पढाईका क्रममा ख्याल गर्नुपर्ने कुराहरु, आइक्यानले के गर्छ ? के गर्दैन ? लगायतका कुराहरु समेटी विद्यार्थीहरुलाई सिए शिक्षाका बारेमा विस्तृत विवरण दिइएको सो कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी प्रमुख अतिथिका रुपमा थिए ।

कार्यक्रममा बोल्दै सिए अधिकारीले आफुले सिए हुनुमा सधैं गर्व गर्ने गरेको बताएका थिए । समय दिएर पढे सिए कोर्ष गाह्रो नहुने बताउँदै उनले आफ्नो करियरमा सिएको पढाईले निकै महत्वपूर्ण भूमिका खेलेकोसमेत बताए । सो कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रतिभासमेत देखाएका थिए । बाँकी तस्विरमा हेरौँ आइक्यानको सो कार्यक्रमका खास झलक :