सिए कन्फेरेन्सबारे राउण्ड टेबल : सिए दीपक पाण्डे भन्छन् 'सिए मुलुकको समृद्धिका साझेदार हुन्'

  • नयाँ पत्रिका 
दुईतिहाइ बहुमतको सरकारले राज्यमा समृद्धिको नारा लगाइरहेको छ । तर, मुख्य विकास आयोजना, विकासका अभियान जसरी अगाडि बढ्नुपर्ने हो, त्यसो हुन सकिरहेको छैन । चार्टर्ड एकान्टेन्ट्स मुलसकको समृद्धिमा छेउबाट सहायता गर्ने होइन सहायक होइनन्, त्यसका साझेदार नै हुन् । यही सन्देश दिनु यस कार्यक्रमको मूख्य उद्देश्य हो ।

चार्टर्ड एकान्टेन्ट्सलाई मुलुकको आर्थिक विकासको साझेदार मान्ने अन्तर्राष्ट्रिय प्रचलन नै हो । तर, नेपालमा भने सिए भन्नाले करियरको एउटा भाग मात्र हो भन्ने मानसिकता रहेको देखिन्छ, त्यसो होइन । समृद्धिका लागि राज्यलाई कर चाहिएला, हामी कर संकलनमा सहयोग गर्छौं । राज्यले रोजगारी सिर्जनाका लागि पहल गर्दा हामी रोजगारी सिर्जनाका नयाँ–नयाँ उपाय खोजिदिन सक्छौँ । 

कुनै पनि संस्था अगाडि बढ्ने हो भने संस्थाको पारदर्शिता र असल संस्थागत अभ्यासको आवश्यकता पर्छ । त्यसमा हामीले योगदान गर्छौं । त्यसकारण, पनि समग्रमा हामी राज्यको समृद्धितर्फको यात्राका साझेदार नै हौँ । सहयात्री नै हौँ । समृद्धि के हो भन्नेबारेमा हामीले यस कार्यक्रमका दौरान अर्थमन्त्रीसहित राज्यको अर्थ व्यवस्थासँग सरोकारवाला निकायबाट त्यसबारे धारणा लिनेछौँ । त्यसपछि अर्थतन्त्रका सम्बन्धमा विज्ञ र कर्पोरेट हाउसबाट सिएको महत्वका सम्बन्धमा उजागर गर्ने प्रयास गर्नेछौँ ।

सिए भन्नासाथ अहिले दुई प्रकारका छन् । एकथरी अडिटिङ, कन्सल्टिङ, एड्भाइजरी, ई–सर्भिसिङलगायतमा आबद्ध छन् भने अर्कोथरी कुनै न कुनै संस्थामा जागिर गरिरहेका छन् । त्यसमा पनि मूलतः बैंकिङ क्षेत्रमा बढी सिए आबद्ध छन् । हामीले यस कार्यक्रममार्फत इन्ड्रस्टीमा आबद्ध सिएको योगदानबारे पनि चर्चा गर्नेछौँ । आजको दिनमा सिए इन्डस्ट्रीमा जान चाह्यो भने करिअरको अवसर के छ ?, अवसर के छ भन्नेबारे पनि हामी बहस गर्नेछौँ ।

अर्कोतर्फ, पछिल्लो समय यस पेसाले गरिरहेको कामका बारेमा पनि हामी छलफल चलाउनेछौँ । अहिले बजारमा सिए भनेको केवल अडिट रिपोर्ट बनाउने मानिसका रूपमा मात्र हेर्ने गरिन्छ, यो मानसिकतामा परिवर्तन गरी सिएहरू वास्तवमै अर्थतन्त्रमा योगदान गर्न सक्ने व्यवसायका मानिस हुन् भन्नेबारे धारणा बनाउनु यस कार्यक्रमको उद्देश्य हुनेछ । राज्यमा हाम्रो भूमिका खोज्नु नै अन्ततः यस कार्यक्रमको लक्ष्य हो । किनकि, हाम्रो जुन विशेषज्ञता छ, त्यसको समुचित उपयोग गर्न पाइएको छैन ।