सिए स्टुडेन्ट्स फेट आज


काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था अन्तर्गत सिए पढीरहेका विद्यार्थीहरुको संगठन, नेपाल चार्टड एकाउन्टेन्ट्स विद्यार्थी संगठन (एनकासा)को आयोजनामा छैटौं सिए स्टुडेन्ट्स फेट शनिबार (आज) आयोजना हुँदैछ । काठमाडौँको तिनकुनेस्थित रोयल इभेन्ट्स बैंकोइटमा विहान १० बजेदेखि कार्यक्रम सुरु भएको एनकासाकि अध्यक्ष प्रगति भुवाईले जानकारी गराईन् । कार्यक्रमको सम्पूर्ण तयारी सकिएको र आजको कार्यक्रम ऐतिहासिक भव्य हुने उनको ठम्याई छ । 

उनका अनुसार विद्यार्थीको कार्यक्रमलाई मध्यनजर गर्दै हरेक शनिबार हुने गरेको हल परिक्षा पनि आजका लागि स्थगित भएको छ भने विभिन्न कोचिङ सेन्टरहरुले पनि विद्यार्थीहरुलाई कार्यक्रममा जान अनुरोध गरेका छन् । यहि कारण पनि उक्त कार्यक्रममा सिए विद्यार्थीहरुको बाक्लो उपस्थिति रहने अध्यक्ष भुवाईको विश्वास छ ।

कार्यक्रममा सिए विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्नेछन् । कार्यक्रममा आइक्यानका अध्यक्ष, उपाध्यक्ष, लगायतका बरिष्ट व्यक्तित्वहरुको पनि उपस्थिति हुनेछ । 

उक्त कार्यक्रममा सिए सरोकार मिडिया पार्टनरका रुपमा रहनेछ ।